Oct 30 2026 | २०८३ कार्तिक १४ गते

प्रकृति लम्साल मृत्यु प्रकरण

प्रकृति लम्सालको मृत्युबारे राष्ट्रिय सभा अध्यक्षले गरे सरकारको ध्यानाकर्षण

प्रकृति लम्सालको मृत्युबारे राष्ट्रिय सभा अध्यक्षले गरे सरकारको ध्यानाकर्षण

मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौं । प्रकृति लम्सालको रहस्यमय मृत्युबारे राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले सरकारको ध्यानाकर्षण गरेका छन् ।

    मंगलबार सभाबाटै उनले सरकारको ध्यानाकर्षण गरेका हुन् । सभामा आकस्मिक समयमा सांसहरूले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इण्डष्ट्रियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यूको विषय उठाएका थिए ।

    images

    त्यसपछि राष्ट्रिय सभा अध्यक्षले सरकारको ध्यानाकर्षण गरेका हुन् । ‘यस विषयमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशीघ्र गम्भीर रुपमा कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु’, अध्यक्ष दाहालले भनेका छन् ।

    साथै उक्त कलेजमा अध्ययनरत नेपाली छात्र छात्राले सुरक्षित वातावरणमा नीर्भिकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार