Oct 30 2026 | २०८३ कार्तिक १४ गते

समाचार

काठमाडौँको बूढानीलकण्ठबाट २४ जना भारतीय पक्राउ

काठमाडौँको बूढानीलकण्ठबाट २४ जना भारतीय पक्राउ

मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठबाट प्रहरीले २४ जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ ।

    अनलाइन जुवा खेलाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए ।

    images

    आरोपीहरूले १ अर्ब ६४ करोड ३९ लाखको कारोबार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । गएराति बूढानीलकण्ठको एक घरमा छापा मारेर अपराध अनुसन्धान कार्यालयको टोलीले २१ थान मोबाइल र ३८ थान ल्यापटप बरामद गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार