Oct 30 2026 | २०८३ कार्तिक १४ गते

तोपै हाने पनि सरकार ढल्दैन : प्रधानमन्त्री ओली

तोपै हाने पनि सरकार ढल्दैन : प्रधानमन्त्री ओली

सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १७ महिनासम्म आफू प्रधानमन्त्रीबाट नहट्ने दाबी गरेका छन् ।  लुम्बिनी प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गर्दै उनले सरकार ढलिहाल्छ भन्ने हल्ला नचलाउन आग्रह गरे ।

    “यो सरकार ढलिहाल्छ, एउटा हल्ला चलेको छ । यो हल्ला नचलाए हुन्थ्यो,” उनले भने ।

    images

    उनले यस्ता हल्लाले युवाहरुमा निराशा आउने बताए । ओलीले आफूले १७ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताए ।

    “सात महिना बितिसक्यो । १७ महिना प्रधानमन्त्री चलाउँछु । त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफैं छाड्छु । केपी ओलीलाई हराउन बल लगाउनुपर्दैन आफैं छाड्छु,” उनले भने ।

    उनले आफू छिटो पाक्न औषधी हाल्ने खालको केरा, फलफुल नभएको पनि बताए ।

    “१७ महिना तोप हाने पनि सरकार ढल्दैन । केही गरे पनि प्रधानमन्त्री ढल्दैन । झन्डै दुई तिहाइ छ, सरकार ढल्दैन,” ओलीले भने,“ १७ महिनापछि केही बल गर्नै पर्दैन । म राजीनामा दिन्छु शेरबहादुरजीलाई सहयोग गर्छु ।”

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार