Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

लेबनानमा दुई नेपाली घाइते हुनेगरी भएको आक्रमणको घटनामा २५ जना पक्राउ

लेबनानमा दुई नेपाली घाइते हुनेगरी भएको आक्रमणको घटनामा २५ जना पक्राउ

आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौँ ।  लेबनानी अधिकारीहरूले शनिबार संयुक्त राष्ट्रसङ्घको काफिलेमा आक्रमण गर्ने २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको जनाएका छन् । उक्त आक्रमणमा दुई नेपाली शान्ति सेना घाइते भएका थिए ।

    संयुक्त राष्ट्र र लेबनानी अधिकारीहरूले आक्रमणको निन्दा गरेका छन् । उक्त आक्रमणमा आफ्नो मिसन सकेर घर फर्किँदै गरेका नेपाली शान्ति सैनिक चोकबहादुर ढकाल घाइते भएका थिए ।  युनिफिलका उपप्रवक्ता कान्डिस अर्डिएलले दोस्रो नेपाली शान्ति सैनिक पनि घाइते भएको र अस्पतालमा भर्ना गरिएको बताएको एएफपीलाई उदृत गर्दै राससले समाचार छापेको छ ।

    images

    नेपाली सेनाले भने शनिबार जारी गरेको विज्ञप्तिमा ढकाल घाइते भएको विषय मात्रै उल्लेख गरेको छ । लेबनानी प्रधानमन्त्री नवाफ सलामले आक्रमणको कडा निन्दा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार