Oct 29 2026 | २०८३ कार्तिक १३ गते

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

बिहिवार, फाल्गुण १ २०८१
  • मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईं जोश र उत्साहले भरपुर रहनुहुनेछ साथै हजुरको कलात्मक वा रचनात्मक क्षेत्रमा विकास हुनेछ। वैदेशिक यात्राको प्रयास सफल रहनेछ। कार्यक्षेत्रमा नसोचेको लाभ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज हजुर ऊर्जावान रहनुहुनेछ। कार्यक्षेत्रमा तपाईंको प्रयास सफल हुनेछ र धन प्राप्तिको प्रबल संकेत रहेको छ। प्रशंसनीय कार्यले प्रतिष्ठा बढ्नेछ। जीवन साथीको सहयोग मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

    images

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोस्। अनलाइन धोका हुन सक्ला। सकेसम्म ठूलो कार्यहरूमा हात नहालौं। व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ तथा प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। सन्तानबाट शुभ सूचना मिल्नाले मन प्रसन्न रहनेछ। खानपानमा ध्यान दिनुहोस्। प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउनको लागि समय उपयुक्त रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ साझेदारी व्यापारमा लाभ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहनेछ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । मालसामान हराउन पनि सक्छ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा हतारमा कुनै निर्णय नलिनुहोला। नयाँ कार्य प्रारम्भ नगरौँ। जीवनसाथीको स्वास्थ्यमा ध्यान दिनुहोस्। कानुनी आवेदन नदिनुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारमा कुनै कुरालाई लिएर मनमुटाव चलिरहेको छ भने आज सुल्झाउने प्रयास गर्नुहोस्। जीवनसाथी सरकारी क्षेत्रबाट हुनुहुन्छ भने पदोन्नतिको योग छ। व्यापार व्यवसायमा सोचेजस्तो लाभ रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नोकरी वा पेशामा अप्ठ्यारो कार्यको नेतृत्व गर्नुपर्ला। अधिकारिवर्गहरुबाट सम्मान पाइनेछ। व्यापार व्यवसायमा आयका नयाँ स्रोतहरू बढ्नेछन्। आफ्नो खर्चमा नियन्त्रण राख्नुपर्ने हुन्छ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक २ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सोधेको कुरामा मात्रै प्रतिक्रिया दिन उचित रहनेछ। तटस्थ भई कार्यक्षेत्रमा काम गर्नुहोला। व्यापार व्यवसायमा नयाँ निर्णय लिनदेखि बच्नुहोस्। आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ। आजको शुभ रंग कालो हो भने शुभ अंक ९ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धेर्य र पराक्रमले नसोचेको काम सम्पादन हुनेछ। छरछिमेकीसँगको मनमुटाव सुल्झिनेछ। कार्यक्षेत्रमा सहयोगी वर्गहरूको सहयोग मिल्नेछ। व्यापारमा पारदर्शिता राख्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभ कार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्ला । कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार