Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

जापानले पनि गर्‍यो २ नेपालीलाई निष्काशन

जापानले पनि गर्‍यो २ नेपालीलाई निष्काशन

बुधवार, माघ ३० २०८१
  • काठमाडौं । अमेरिकाले मात्रै होइन जापानले समेत अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्न थालेको छ। विभिन्न प्रवेशाज्ञामा जापान पुगेर  'ओभर स्टे' भएका आप्रवासीहरूलाई कडाइ गर्न थालेपछि नेपालीहरू समेत त्यसको मारमा पर्न थालेका छन्।

    पछिल्लो पटक गत साता जापानको अध्यागमन कानुन उल्लंघन गर्ने थप दुई नेपाली निष्काशितमा परेका छन्। निष्काशित हुनेमा बुढाथोकी र ढकाल थर भएका दुई पुरूष रहेका छन्। उनीहरूलाई कोरियन एयरको जहाजबाट जापानले नेपालले पठाएको हो।

    images

    उनीहरू गतसाता काठमाडौं आइपुगेको स्रोतले बताएको छ। कानुन विपरीत जापानमा रहेका उनीहरूलाई निष्काशन गरी नेपाल पठाएको हो। यद्दपि उनीहरूले के(कस्तो कानुन उल्लंघन गरे भन्ने विषय भने खुलाइएको छैन।

    यसअघि त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा जापानले चार नेपालीलाई निष्काशित गरेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार