काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको 'भ्रष्टाचार अवधारणा सूचकांक'अनुसार साउथ सुडान विश्वकै भ्रष्ट मुलुकमा दर्ज भएको हो ।
सर्वेक्षण गरिएका १८० देशमध्ये नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा परेको छ । नेपालले १०० मा जम्मा ३४ अंक प्राप्त गरेको छ । गत वर्ष नेपालले यस्तो अंक ३५ पाएको थियो । यस नतिजाले भ्रष्टाचारविरुद्ध नेपालमा प्रभावकारी रूपले काम कारबाही अगाडि बढाउन आवश्यक देखिएको ट्रान्सपरेन्सीले औँल्याएको छ ।
सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचारका आधारमा यो सूची तयार गरिएको हो । शून्य अंकको अर्थ सबैभन्दा भ्रष्ट र 100 अंकको अर्थ सबैभन्दा इमानदार हो।



