Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनआरएनए विवाद

एनआरएनएको एकता महाधिवेशन : घलेको नेतृत्वमा १८० सदस्यीय मूल आयोजक समिति घोषणा

एनआरएनएको एकता महाधिवेशन : घलेको नेतृत्वमा १८० सदस्यीय मूल आयोजक समिति घोषणा

सोमवार, माघ २८ २०८१
  • काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन सम्पन्न गर्नका लागि १८० सदस्यीय मूल आयोजक समिति घोषणा भएको छ । आइतबार सम्पन्न एनआरएनए उच्चस्तरीय समिति बैठकले आगामी मे ३, ४ र ५ तारिखमा एकता महाधिवेशन गर्नका लागि संयोजक डा शेष घलेको संयोजकत्वमा नेपाल सरकारका प्रतिनिधि २ जना सहित १८० सदस्यीय मूल आयोजक समिति गठन गरिएको सदस्य विनोद कुँवरले जानकारी दिए ।

    सर्वोच्च अदालतको गत चैत २१ गतेको परमादेशअनुसार समितिका संयोजक घलेले एकताको महाधिवेशन गराउन प्रक्रिया अघि बढाएका हुन् । तर, चैत २१ पछिको सर्वोच्चको दोस्रो फैसलाले आफूहरुले आधिकारिकता पाएको भन्दै ११ औँ महाधिवेशनबाट अध्यक्ष चयन भएका बद्री केसीले भने घले नेतृत्वको समितिलाई अस्वीकार गर्दै आएका छन् ।

    images

    घलेले कानुनविद्हरुका साथै विश्वभरका सरोकारवालासँग छलफलका आधारमा महाधिवेशन गराइछाड्ने भन्दै प्रक्रिया अघि बढाएका हुन् । सर्वोच्चको परमादेशअनुसार गठन भएको घले नेतृत्वको उच्चस्तरीय समितिमा उपेन्द्र महतो, देवमान हिराचन, राम प्रताप थापा, जीवा लामिछाने, भबन भट्ट, कुमार पन्त, विनोद कुँवर, कुल आचार्य, रविना थापा, जानकी गुरुङ, उमेश कुमार पुडासैनी र बद्री केसी समेत छन् । तर, केसी हालसम्म समितिको बैठकमा सहभागी भएका छैनन् ।

    यस्तै सहजीकरणका लागि नेपाल सरकारको प्रतिनिधिको रुपमा अरुणा जोशी र पुष्कर नेपालसमेत सदस्य रहेको कुँवरले बताए । उनीहरु स्वतः मुल आयोजक समितिमा रहेका छन् ।  यस्तै एशिया प्रशान्त क्षेत्र, अमेरिका, युरोप, मध्यपूर्व, अफ्रिका क्षेत्रबाट प्रतिनिधित्व रहनेगरी मूल आयोजक समिति बनाइएको छ ।

    यसैबीच राष्ट्रिय समन्वय परिषदको महाधिवेशन सहजीकरणका लागि विनोद कुँवरको संयोजकत्वमा लोक दाहाल सदस्य सचिव भएको एक उपसमिति समेत बनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार