Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

एसोसिएसन–गणतान्त्रिकबीच चुनाबी तालमेल, १५ जना उमेद्वारको नाम सार्वजनिक

एसोसिएसन–गणतान्त्रिकबीच चुनाबी तालमेल, १५ जना उमेद्वारको नाम सार्वजनिक

आइतवार, माघ २७ २०८१
  • काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमितिको आगामी निर्वाचनका लागि नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र नेकपा माओवादी (केन्द्र) निकट गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चबीच चुनाबी तालमेलका गरेका छन् ।

    एसोसिएसन र मञ्चबीचको चुनाबी तालमेलका आधारमा अध्यक्ष, प्रथम, द्वितीय र तृतीय उपाध्यक्षहरू, महासचिव, सचिव र कोषाध्यक्षसहित ७ पदाधिकारी र ८ सदस्य गरी १५ पदको उमेद्वारीको नाम सार्वजनिक गरेको हो ।

    images

    सयुक्त प्यानलले अध्यक्षमा भुवनसिंह गुरुङ (गुरुङ म्यानेजमेन्ट प्रा.लि), प्रथम उपाध्यक्ष नरेन्द्रप्रसाद ढकाल (नोकरी नेपाल प्रा. लि), द्वितीय उपाध्यक्ष देवकुमार खोखाली (अलर्ट ओभरसिज प्रा.लि) तृतीय उपाध्यक्ष हर्कबहादुर लिम्बू (इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रा.लि) महासचिव महेशकुमार बस्नेत (ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा.लि), सचिव कुन्छा दोर्जे डिङ्दोङ (आकृति रिक्रुटिङ प्रा.लि) र कोषाध्यक्षमा सबिताकुमारी सिंहलाई (रोज ह्युमन रिसोर्स प्रा.लि) उमेद्वार बनाएको छ ।

    त्यस्तै गरि कार्यसमिति सदस्यमा विक्रम श्रेष्ठ (शुभहारती म्यानपावर प्रा.लि), विद्यालक्ष्मी श्रेष्ठ (इम्पेरियल ओभरसिज प्रा.लि),  दीपककुमार राय (ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा.लि), देवीप्रसाद गिरी (हिमालयन भ्याली नेपाल प्रा.लि), सुवर्ण लामा (रसुवा ओभरसिज प्रा.लि), सुमनराज पाण्डे (स्क्युर नेपाल प्रा.लि), भरत सापकोटा (युनिभर्सल एचआर सोलुसन प्रा.लि) र रेखा शर्मा (रिजा ओभरसिज प्रा.लि) उमेद्वार बनेका छन् ।

    शुभहारतीका संचालक श्रेष्ठ वर्तमान कार्यसमितिका निर्वाचित सदस्य पनि हुन् ।

    २१ सदस्यीय संघको कार्यसमितिमा पदाधिकारीसहित १७  जनाको प्रत्यक्ष निर्वाचन तथा ४ जना अध्यक्षले मनोनयन गर्ने प्रावधान छ । २ सदस्य जातीय र भेगीय संघसंस्थालाई समेटेर उम्मेदवारी रहने छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार