Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनआरएनए

एनआरएनएको मुद्दामा प्रचण्डको साथ, निःशुल्क भिसा दिने प्रावधान राख्नु हास्यास्पद भएको टिप्पणी

एनआरएनएको मुद्दामा प्रचण्डको साथ, निःशुल्क भिसा दिने प्रावधान राख्नु हास्यास्पद भएको टिप्पणी

शुक्रवार, माघ २५ २०८१
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गैरआवासीय नेपाली (एनआरएनए) लाई निःशुल्क भिसा दिने प्रावधान राख्नु हास्यास्पद भएको प्रतिक्रिया दिएका छन् । केही समयअघि सरकारले ल्याएको अध्यादेशमा गैरआवासीय नेपाली नागरिकता पाएका एनआरएनलाई १० वर्षसम्म निःशुल्क भिसा दिने व्यवस्था गरेको थियो ।

    सो अध्यादेशमा भएको व्यवस्थाप्रति गैरआवासीय नेपालीहरूले असन्तुष्टि जनाइरहेका बेला प्रचण्डले पनि बिहीबारको संसद् बैठकमा यस व्यवस्थाको विरोध गरेका हुन् ।

    images

    ‘हामी सबैको सहमतिमा नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान हामीले राख्यौं ।  म प्रधानमन्त्री हुँदा मेरै हातले एनआरएनएका तत्कालीन अध्यक्ष कुल आचार्यलाई पहिलो गैर आवासीय नेपाली नागरिकता प्रदान गरेँ’, प्रचण्डले भने, ‘त्यसयता झन्डै चार हजार जना एनआरएनहरुले गैरआवासीय नेपाली नागरिकता लिइसक्नु भएको छ । तर सरकारले मातहतका निकायलाई एउटा सर्कुलरसम्म नगर्दा त्यसको कार्यान्वयन हुन सकेको छैन ।  यो  कागजको खोस्टो सरह भयो भनेर उहाँहरूले गुनासो गरिरहनु भएको छ ।  अहिले आएर एनआरएनहरुलाई निःशुल्क भिसा दिने प्रावधान राख्नु हास्यास्पद छ।’

    संविधानले नै राजनीतिकबाहेकका सबै अधिकार नेपाली नागरिक सरह पाउने कुरा सुनिश्चित गरिसकेपछि फेरि भिसाको प्रावधान संविधानको मर्म र भावना विपरीत पनि भएको उनको भनाइ छ ।

    ‘यसले  एनआरएन लगानीलाई मात्र दुरुत्साहन गर्दैन, दोस्रो तथा तेस्रो पुस्ताका एनआरएनलाई नेपालसँग जोड्ने पहलमा पनि आघात पुग्छ । त्यसैले संविधानले एनआरएनहरुलाई दिएको अधिकारमा दायाँबायाँ नहुने गरी तत्काल कार्यान्वयनमा ल्याउन म सरकारलाई खबरदारी गर्दछु’, प्रचण्डले भने । यस्तै प्रचण्डले अहिले संविधान कार्यान्वयनको गति प्रभावित भएको समेत बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार