Oct 29 2026 | २०८३ कार्तिक १३ गते

संसद् बैठक

ओलीलाई प्रचण्डको सुझाव- देउवाका कान र आँखा तगडा छन्

ओलीलाई प्रचण्डको सुझाव- देउवाका कान र आँखा तगडा छन्

बिहिवार, माघ २४ २०८१
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नढल्नेबारे दिनैपिच्छे स्पष्टीकरण दिएर नहिँड्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
    बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएको हो ।

    ‘अस्ति प्रधानमन्त्रीले गीत गाउनुभयो, ढलेँ, ढलेँ, ढलेँ । तपाईंहरूसँग विश्वास छ भने दिनदिनै म यति महिनापछि शेरबहादुरजीलाई छाड्छु । भनेको भन्दा ७ दिनअघि छाड्छु भन्नुपर्छ त ?,’ उनले भने,

    images

    ‘तपाईंहरूमा आपसमा साँच्चै विश्वास भएको भए । हरेक ठाउँमा समयमै छाड्छु भनिरहनुपर्ने । के शेरबहादुरजीले सुन्नु हुन्न र ?’

    उनले कांग्रेस सभापति शेरबहादुर देउवाका कान र आँखा तगडा भएको भन्दै सरकारबारे धेरै भनिरहन नपर्ने बताए ।

    ‘शेरबहादुरजीको कान र आँखा तगडा छन् । धेरै पटक भन्न पर्दैन । म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु,’ प्रचण्डले भने ।

    अहिलेको सरकार प्राकृतिक, संवैधानिक र पारदर्शी नभएको प्रचण्डले दोहोर्‍याए ।

    ‘त्यसकारण यो आफ्नै बोझले ढल्छ मात्रै भनेको हो । त्यसैले हाम्रो कारणले तपाईंहरूले एक अर्काको कुर्सी मिलाइराख्नु पर्दैन । हामी एक ठाउँमा छौं भन्ने देखाइरहनु पर्दैन,’ उनले भने, ‘प्रधानमन्त्री र नेपाली कांग्रेसका नेताहरूको कुर्सी मिलाइराख्नुपर्दैन । हामीसँग हरेक दिन यति दिनमा धरोधर्म छाड्छु भनेर कसम खाइराख्नु पनि पर्दैन ।’

    उनले ०८४ पछि पनि सँगसँगै अघि बढ्न कांग्रेस–एमालेलाई शुभकामना पनि दिए ।

    ‘हामी सरकार त बनाउँछौं, हेर्नुहोला । आफ्नै सामर्थ्यमा टेकेर सरकार बनाउँछौं । सरकारको खेलमा अहिले हामी छैनौं । अहिले संसद्को बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न हिँडिरहनुभयो भने हामी जबरजस्त प्रतिवाद गर्छौं,’ प्रचण्डको चेतावनी छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार