Oct 29 2026 | २०८३ कार्तिक १३ गते

संसद् बैठक

आज प्रतिनिधिसभा र राष्ट्रिय सभामा अध्यादेश निर्णयार्थ पेस नहुने

आज प्रतिनिधिसभा र राष्ट्रिय सभामा अध्यादेश निर्णयार्थ पेस नहुने

बिहिवार, माघ २४ २०८१
  • काठमाडौं । संघीय संसद्मा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज निर्णयार्थ प्रस्तुत नहुने भएका छन् । राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस गर्ने निर्णयबाट सरकार पछि हटेको हो ।

    सत्तारुढ दलका एक नेताका अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची नै फेरिएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरेलाई भेटेर प्रधानमन्त्रीको सन्देश सुनाएका छन् ।

    images

    लगत्तै दुवै सदनको कार्यसूची फेरिएको हो । कानुनमन्त्री चौरसियाले  नयाँ बानेश्वर नै पुगेर सभामुख घिमिरेलाई प्रधानमन्त्रीको सन्देश सुनाएका थिए ।

    ‘प्रधानमन्त्तीले आज अध्यादेश अघि नबढाउने भन्नुभयो,’ कानुनमन्त्री चौरसियाले सभामुखलाई भनेको भनाई उद्धृत गर्दै एक नेताले भने ।

    यसअघि आज बस्ने दुवै सदनको बैठकमा अध्यादेश प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको थियो ।

    जसमा प्रतिनिधिसभातर्फ कांग्रेस–एमालेको स्पष्ट बहुमत भएपनि राष्ट्रियसभामा जनता समाजवादी पार्टी नेपाल निर्णायक देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार