Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सुनको मूल्य

आज पनि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

आज पनि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

बिहिवार, माघ २४ २०८१
  • काठमाडौं । सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि भाउ प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन तोलामा २२ सय बढेर १ लाख ६६ हजार ९ सय रुपैयाँ थियो ।

    images

    अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र डलरको मूल्यवृद्धिले एकैपटक सुनको मूल्यलाई प्रभाव पारिरहेको महासंघले जनाएको छ ।

    त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९७५ रुपैयाँ रहेको चाँदी आज १९८० रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार