Oct 29 2026 | २०८३ कार्तिक १३ गते

हुन्डी कारोबार

हुन्डीको ७ लाखसहित पर्सामा एक जना पक्राउ

हुन्डीको ७ लाखसहित पर्सामा एक जना पक्राउ

बिहिवार, माघ २४ २०८१
  • काठमाडौं । हुन्डी कारोबारको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले एक जनालाई पक्राउ गरेको छ।

    बुधबार दिउँसो वीरगन्ज महानगरपालिका १० आदर्शनगरस्थित सडक खण्डबाट पर्सा विन्दवासिनी गाउँपालिका- ३ झौवाका ४३ वर्षीय अजय कुमार साहलाई पक्राउ गरेको हो।

    images

    शंका लागेर चेकजाँच गर्दा उनले लगाएको सेतो ट्र्याकसुटको दुवै गोजीमा ७ लाख रुपैयाँ फेला परेको पर्साका प्रहरी प्रवक्ता डीएसपी अजयकुमार साहले बताए।

    उनी विरुद्ध हुन्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा अनुसन्धान अगाडी बढाएको छ।

    सह यसअघि गएको वैशाखमा पर्साबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा मुद्दा चलाइएको पाइएको छ। उनी पटके हुन्डी कारोबारी रहेको पर्सा प्रहरीको दाबी छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार