Oct 29 2026 | २०८३ कार्तिक १३ गते

त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला

नेपालको लगातार पाँचौँ हार, नेदरल्यान्ड्ससँग १० विकेटले पराजित

नेपालको लगातार पाँचौँ हार, नेदरल्यान्ड्ससँग १० विकेटले पराजित

बुधवार, माघ २३ २०८१
  • काठमाडौं । महिला त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले पाँचौँ हार व्यहोरेको छ। बुधबार सम्पन्न खेलमा नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो।

    नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्याण्ड्सले बल बाँकी छँदा कुनैपनि विकेट नगुमाई पूरा गर्‍यो ।

    images

    नेदरल्याण्ड्सका लागि ओपनर स्टेरे कालिसले अविजित रहँदै ११ चौका र २ छक्कासहित ९८ रनको शानदार पारी खेलिन् । त्यसैगरी फेबे मोल्कनबोरले अविजित ४८ रन बनाइन् ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य दिएको थियो । नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनायो ।

    नेपालका लागि पुजा महतोले अविजित अर्धशतक बनाइन् । पुजाले ५१ बलमा पाँच चौकासहित ६२ रन बनाइन् । यो यस शृंखलाकै उच्च व्यक्तिगत स्कोर हो ।

    कप्तान इन्दु बर्माले ३९ तथा रुबिना क्षेत्रीले २० रन बनाइन् । नेदरल्यान्ड्सका लागि आइरिस विलिङले २ विकेट लिँदा कारोलिन डे लाङ र हिथर सिगर्सले १-१ विकेट लिए ।

    चौथो नम्बरमा ब्याटिङमा आएकी पुजाले शृंखलामै नेपालका लागि पहिलो अर्धशतक बनाएकी हुन् । पुजाको यो दोस्रो टी२०आई अर्धशतक हो । यसअघि उनले सन् २०२४ मा माल्दिभ्सविरूद्ध अर्धशतक बनाएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार