Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

विपिन जोशीको रिहाइका लागि राजदूत पण्डितले गरे इजरायली राष्ट्रपतिलाई फोन

विपिन जोशीको रिहाइका लागि राजदूत पण्डितले गरे इजरायली राष्ट्रपतिलाई फोन

बुधवार, माघ २३ २०८१
  • काठमाडौँ । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिन जोशीको रिहाइका लागि पहल गर्न राष्ट्रपति आइस्याक हेर्जोगसँग आग्रह गरेका छन् । राजदूत पण्डितले हिजो इजरायलका राष्ट्रपति हर्जोगलाई फोन गरी सो आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सो फोन संवादमा ७ अक्टोबर २०२३ मा इजरायलमाथि आक्रमण गर्दा हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी जोशी लगायत सबै बन्धकहरूको सुरक्षित रिहाइ र स्वदेश फिर्ता सुनिश्चित गर्न इजरायलले हर सम्भव प्रयास गरिरहेको बताएका थिए ।

    images

    हमास र इजरायलबिच जारी युद्ध विरामको क्रममा दुवैतर्फ बन्धक बनाइका व्यक्तिलाई रिहाइ गर्ने क्रम जारी रहेको छ तर विपिन जोशीको हालसम्म कुनै अत्तोपत्तो छैन ।

    जोशीको रिहाइका लागि प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले स्वयं पहल थालेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार