Oct 29 2026 | २०८३ कार्तिक १३ गते

साहारा बहुउद्देश्यीय सहकारी ठगी प्रकरण

चितवनमा १५ जनाविरुद्ध मुद्दा दर्ता, रवि लामिछानेविरुद्ध ठगी मुद्दा मात्रै

चितवनमा १५ जनाविरुद्ध मुद्दा दर्ता, रवि लामिछानेविरुद्ध ठगी मुद्दा मात्रै

मंगलवार, माघ २२ २०८१
  • काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज चितवनमा पनि मुद्दा दर्ता भएको छ ।

    चितवनकाे साहारा बहुउद्देश्यीय सहकारीमा ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ ४७ पैसा ठगी भएको निष्कर्ष निकाल्दै उनीसहितका १५ जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो ।

    images

    चितवनमा भने रवि लामिछानेविरुद्ध ठगी सम्बन्धी कसुरमा मात्र मुद्दा दायर भएको छ ।

    जिल्ला सरकारी वकिलको कार्यालय, चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलका अनुसार लामिछानेले पोखरा र बुटवलबाट आफैं ऋण लगेको देखिएकाले ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको तर, चितवनमा आफैंले लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको बताए ।

    उनी माथि कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार