Oct 29 2026 | २०८३ कार्तिक १३ गते

वैदेशिक रोजगार

युके पठाइदिने भन्दै साढे ३७ लाख ठगी गर्ने एक जना पक्राउ

युके पठाइदिने भन्दै साढे ३७ लाख ठगी गर्ने एक जना पक्राउ

सोमवार, माघ २१ २०८१
  • काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका-२ घर भई काठमाडौँ महानगरपालिका-२६ सामाखुसी बस्ने ३२ वर्षीय मदन भण्डारी छन् ।

    मदनले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३७ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ टेकुबाट पक्राउ गरेको हो ।

    images

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार