Oct 29 2026 | २०८३ कार्तिक १३ गते

ठगी

क्यानडा पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने पोखरेल पक्राउ

क्यानडा पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने पोखरेल पक्राउ

बिहिवार, माघ १७ २०८१
  • काठमाडौँ । वैदेशिक रोजगारीमा क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका- ३ बस्ने ४२ वर्षीय नितेश पोखरेल रहेका छन् ।

    पोखरेलले क्यानडा पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १२ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नितेशलाई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका- ३ बाट मंगलबार पक्राउ गरेको हो ।

    images

    पोखरेललाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार