Oct 29 2026 | २०८३ कार्तिक १३ गते

एनएमबि बैंकद्वारा रुकुममा २०२ औँ शाखा उद्घाटन

एनएमबि बैंकद्वारा रुकुममा २०२ औँ शाखा उद्घाटन

बुधवार, माघ १६ २०८१
  • काठमाडौँ । एनएमबि बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाललाई थप विस्तार गरेको छ । बैंकले माघ १४ गते आठबीसकोट, रुकुममा आफ्नो २०२औँ शाखा उद्घाटन गरेको हो ।

    उद्घाटन समारोह आठबीसकोट नगरपालिकाका नगरप्रमुख  रवि केसी र एनएमबि बैंकका नायब महाप्रमुख प्रमोद दाहालको उपस्थितिमा सम्पन्न भयो ।

    images

    नयाँ शाखा सञ्चालनले आठबीसकोट क्षेत्रका स्थानीय समुदायलाई सहज, सुरक्षित, र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ । व्यक्तिगत ग्राहकहरू, व्यवसायीहरू र स्थानीय संस्थाहरूको आवश्यकता सम्बोधन गर्न यो शाखाले महत्त्वपूर्ण भूमिका खेल्नेछ । यस शाखाले क्षेत्रीय आर्थिक गतिविधि र विकासलाई थप गति दिन सहयोग गर्ने विश्वास गरिएको छ ।

    एनएमबि बैंकले वित्तीय पहुँचलाई सहज बनाउन देशका विभिन्न भागमा आफ्ना शाखा स्थापना गर्दै आएको छ । बैंकले आफ्ना सेवा सञ्जाललाई विस्तार गरी स्थानीय उद्यमशीलता र समुदायको आर्थिक सशक्तीकरणमा योगदान पु¥याउँदै आएको छ । आठबीसकोट शाखाको उद्घाटनले बैंकको सञ्जाललाई अझ बलियो बनाएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार