काठमाडौँ । रुसी सेनामा आबद्ध भई ज्यान गुमाएका ओखलढुङ्गा स्थायी घर भएका विनोद बहादुर सुनुवार पशुपति आर्यघाटमा कुशको शव बनाई अन्त्येष्टि गरिएको छ ।
२०८० असोज १७ गते रुस गएका सुनुवार ७५ दिन देखि परिवारको सम्पर्कमा आएका थिएनन् भने ३ दिन अगाडि मात्र उनको मृत्यु भएको खबर परिवारले पाएको थियो ।
अस्थायी रूपमा कीर्तिपुर ४ मा बस्दै आएका सुनुवारकी श्रीमती (सृजना बस्नेत २४) र एक छोरा रहेका छन् ।



