Oct 28 2026 | २०८३ कार्तिक १२ गते

‘पूर्ण बहादुरको सारङ्गी–२’

कीर्तिमान कायम राख्न सफल भएको ‘पूर्ण बहादुरको सारङ्गी–२’ को घोषणा

कीर्तिमान कायम राख्न सफल भएको ‘पूर्ण बहादुरको सारङ्गी–२’ को घोषणा

सोमवार, माघ १४ २०८१
  • काठमाडौं । व्यवसायिक सफलताको कीर्तिमान कायम राख्न सफल भएको सर्वकालीन सफल नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को टीमले आइतवार काठमाडौंमा व्यवसायिक सफलताको खुशीयाली साटासाट गरेको छ ।

    उक्त अवसरमा निर्माता विनौद पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी’ को सिक्वेल निर्माण गर्ने घोषणा गरे । यो फिल्म आगामी वर्ष प्रदर्शन हुने घोषणासमेत गरिएको छ ।

    images

    त्यसो त निर्माता पौडेलले २०८३ मा प्रदर्शन हुने गरि आफ्नो तेस्रो फिल्मको पनि आइतवार नै घोषणा गरेका छन् । सक्सेस पार्टीको क्रममा आयोजित औपचारिक समारोहमा उनले बाल मनोविज्ञानमा आधारित फिल्म ‘रोल नम्बर १’ निर्माण गर्ने घोषणा गरेका हुन्, जुन फिल्म दुई वर्षपछि मात्रै प्रदर्शन हुनेछ ।

    ‘रोल नं १’ लाई जोन योञ्जनले निर्देशन गर्नेछन् भने ‘पूर्ण बहादुरको सारङ्गी–२’ निर्देशकको नाम घोषणा गरिएको छैन ।

    एक करोड ३० लाख रुपैयाँ निर्माण भएको ‘पूर्ण बहादुरको सारङ्गी’ ले नेपाली बक्स अफिसबाट मात्रै करिब ५० करोड रुपैयाँ ग्रस कलेक्सन गरेको थियो भने विदेशबाट करिब ४० करोड रुपैयाँ कलेक्सन गरेको निर्माण पक्षको भनाइ छ ।

    समारोहमा कार्यक्रममा सेभने सीज सिनेमाको नयाँ लोगो पनि अनावरण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार