Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सूर्यदर्शन सहकारी ठगी प्रकरण

कास्की अदालतले तोकेको धरौटी बदरको निवेदन लिएर उच्च पुगे रवि

कास्की अदालतले तोकेको धरौटी बदरको निवेदन लिएर उच्च पुगे रवि

सोमवार, माघ १४ २०८१
  • काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको आदेशप्रति चित्त नबुझेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत पोखरा पुगेका छन् ।

    कास्की जिल्ला अदालतले पुस २५ गते थुनछेक सम्बन्धी सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा चित्त नबुझेकाले उनले उच्चमा सोमबार निवेदन दिएका हुन् ।

    images

    जिल्ला अदालतले उनलाई ६० लाख धरौटी माग गरेको थियो । उनले उक्त  बेरितको आदेश बदर गरि दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरि पाउँ भनि दावी गरेका छन् 

    गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएका रविलाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोजन पत्र दर्ता गराइएकोमा पुस २५ गते ६५ लाख धरौटीमा छुटेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार