Oct 29 2026 | २०८३ कार्तिक १३ गते

ठगी

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

सोमवार, माघ १४ २०८१
  • काठमाडौं । क्यानडा र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा पर्सा, पर्सागढी नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने ३९ वर्षीया शारदा कार्की र गुल्मी सत्यवती गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-८ बस्ने ३० वर्षीय रविन श्रेष्ठ रहेका छन् । उनीहरूले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट २७ लाखभन्दा बढी ठगि गरेको प्रहरीले जनाएको छ ।

    images

    पक्राउमध्ये शारदाले क्यानडा पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ६ लाख ८५ हजार ५ सय रूपैयाँ र रविनले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शारदालाई काठमाडौं टेकुबाट आइतबार र रविनलाई काठमाडौं कालोपुलबाट शुक्रबार पक्राउ गरेको हो ।

    शारदालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने रविनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार