काठमाडौं । नेपाली दूतावास साउदी अरबले मागपत्र प्रमाणीकरणको नयाँ शुल्क सार्वजनिक गरेको छ । दूतावासले सूचनामार्फत मागपत्र प्रमाणीकरणको नयाँ शुल्क सार्वजनिक गरेको हो ।
सार्वजनिक सूचनामा २५ जना कामदारको मागपत्र प्रमाणीकरणको फाइलका लागि ९४० साउदी रियाल, २६ देखि १०० जनाको डिमान्ड भएको फाइलका लागि १ हजार १२५ साउदी रियाल र १०० जनाभन्दा बढीको फाइलका लागि १ हजार ३१५ रियाल शुल्क लाग्ने उल्लेख गरिएको छ।
त्यसैगरी मागपत्रसँग सम्बन्धित कागजात सच्याउनका लागि पुनः पेश गरेकोे अवस्थामा ३७५ साउदी रियाल शुल्क लाग्ने दूतावासले बताएको छ । दूतावासले उक्त शुल्क २६ जनवरीदेखि नै कार्यान्वयनमा आएको बताएको छ ।
दूतावासले यसअघि प्रमाणीकरणका लागि लाग्ने शुल्क खण्डीकरण गरेपछि व्यवसायीले नेपाल वैदेशिक रोजगार व्यवसायी संघमार्फत असन्तुष्टि जनाएका थिए ।



