Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सुप्रिम सहकारी ठगी प्रकरण

मेरो भन्नु केही छैन, बेला आएपछि बोल्छु : रवि लामिछाने

मेरो भन्नु केही छैन, बेला आएपछि बोल्छु : रवि लामिछाने

सोमवार, माघ १४ २०८१
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतबाट बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

    रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा रिहा गर्न आइतबार आदेश दिएको थियो । न्यायाधीश प्रह्लादकुमार योगीको एकल इजलासले सुप्रिम सहकारी प्रकरणमा उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो ।

    images

    सो आदेश लगत्तै रविले बैंक ग्यारेन्टीमार्फत एक करोड धरौटी बुझाइसकेका छन् । धरौटी बुझाएर निस्कने क्रममा उनले भनेका छन्, ‘मैले भन्नुपर्ने कुरा केही छैन । म न्यायालयप्रति आभारी छु । भन्नुपर्ने बेला आउँदा भनिहाल्छु । अहिले न्यायालयप्रति आभार व्यक्त गर्न चाहन्छु ।’

    साथै, उनले देश विदेशबाट आफ्नो न्यायका लागि आवाज उठाउनेलाई धन्यवाद पनि दिएका छन् । ‘देश विदेशबाट मेरो न्यायको लागि आवाज उठाउने सम्पूर्णलाई मेरो धन्यवाद,’ रविले भनेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार