Oct 29 2026 | २०८३ कार्तिक १३ गते

वैदेशिक रोजगार

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

शुक्रवार, माघ ११ २०८१
  • काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।  वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हाे ।

    पक्राउ पर्नेहरूमा कपिलवस्तु बुद्धभुमि नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२ बस्ने ५० वर्षीय सुमन्द्र अधिकारी, चितवन राप्ती नगरपालिका-१२ देउरालीटार घर भई ललितपुर ग्वार्को बस्ने ४२ वर्षीय राजमान तामाङ र ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-५ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-८ बस्ने ३० वर्षीया सुमन्ता लिम्बु रहेका छन् ।

    images

    पक्राउ मध्ये सुमन्द्रले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ, राजमानले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५ हजार ५ सय रूपैयाँ र सुमन्ताले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमन्द्रलाई काठमाडौं रातोपुलबाट, राजमानलाई काठमाडौं महानगरपालिका-९ बाट र सुमन्तालाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार