Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सहकारी ठगी प्रकरण

रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

शुक्रवार, माघ ११ २०८१
  • काठमाडौँ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ ।

    रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बिहीबार सरकारी वकिलका तर्फबाट ७ जना र जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए । हिजो भएको बहस नसकिएकाले आज पनि हुन लागेको रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए ।

    images

    आज सुरुमा जाहेरवाला तर्फका वकिलहरू वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता आर्सी गौतमले बहस गरेपछि लामिछानेका वकिलहरूले बहस गर्नेछन् । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तसहित सुरेन्द्र थापा, पशुपति भण्डारीले बहस गर्ने तयारी गरेका छन् ।

    उनीहरूको बहस सकिएपछि सरकारी वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी बहस गर्नेछन् । त्यसपछि भने न्यायाधीशले थुनछेक आदेशमार्फत रविलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश सुनाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार