Oct 29 2026 | २०८३ कार्तिक १३ गते

भेटवार्ता

गृहमन्त्री लेखक र एडीबी निर्देशकबिच भेटवार्ता

गृहमन्त्री लेखक र एडीबी निर्देशकबिच भेटवार्ता

बिहिवार, माघ १० २०८१
  • काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) का नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाले बिहीबार गृहमन्त्री रमेश लेखकसित भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले भौतिक पूर्वाधार निर्माणमा एडीबीको पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरे ।

    साथै मन्त्री लेखकले पूर्व–पश्चिम राजमार्गको गड्डाचौकी–कोहलपुर खण्ड स्तरोन्नति, सुदूरपश्चिमको महत्त्वपूर्ण व्यापारिक नाकाका रूपमा विकास गर्न थालिएको महाकाली करिडोरको सडक निर्माणमा सहयोग, कैलालीको गोदावरीदेखि डडेलधुरासम्मको सडक स्तरोन्नति, भारतीय सहयोगमा निर्माणको प्रक्रियामा रहेको दोधारा चाँदनी सुख्खा बन्दरगाह वरपर अन्य भौतिक संरचना निर्माण गरी नमुना सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्न एडीबीसित आग्रह गरे ।

    images

    त्यसैगरी मन्त्री लेखक र एडिबी निर्देशक कोस्वाबिच सुदूरपश्चिममा चार पालिकामा एडीबीको सहयोगमा बनिरहेका आधुनिक सहरको निर्माणलाई थप निरन्तरता र सुदूरपश्चिमको धार्मिक पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा सहयोगका विषयमा छलफल भएको छ ।

    डीबी प्रतिनिधिहरूसितको छलफलमा मन्त्री लेखकले गत बर्ष एडीबीले सुदूरपश्चिमको पर्यटकीय विकासका लागि गरेको सर्वे रिपोर्ट कार्यान्वयनमा समेत जोड दिए । एडीबीका निर्देशक आर्नो कोस्वाले उक्त विषयमा एडिबीको माथिल्लो तहसित छलफल गरी जवाफ दिने बताए । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार