Oct 29 2026 | २०८३ कार्तिक १३ गते

ठगी

विदेश पठाउने नाममा ठगी गरेको आरोपमा ३ पक्राउ

विदेश पठाउने नाममा ठगी गरेको आरोपमा ३ पक्राउ

अधिकारीले माल्दिभ्स पठाउने भन्दै ८ लाख, तामाङले युएई पठाउने भन्दै २ लाख र लिम्बूले क्रोएसिया पठाउने भन्दै ५ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

बिहिवार, माघ १० २०८१
  • काठमाडौं । वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–७ का ५० वर्षीय समुन्द्र अधिकारी, चितवनको राप्ती नगरपालिका–१२ का ४२ वर्षीय राजमान तामाङ र ताप्लेजुङको सिदिङवा गाउँपालिका–५ कि ३० वर्षीया सुमन्ता लिम्बू छिन् ।

    images

    उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । अधिकारीले माल्दिभ्स पठाउने भन्दै ८ लाख, तामाङले युएई पठाउने भन्दै २ लाख र लिम्बुले क्रोएसिया पठाउने भन्दै ५ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

    पक्राउ परेकाहरूलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार