Oct 29 2026 | २०८३ कार्तिक १३ गते

वैदेशिक रोजगार

विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

मंगलवार, माघ ८ २०८१
  • काठमाडौँ। बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बाग्लुङ घर भएका तिलकबहादुर कार्की, प्युठान घर भएका हरिबहादुर विष्ट र स्याङ्जा घर भएकी जमुना परियार छन् ।

    images

    उनीहरूले लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाई सम्पर्क विहीन भएको पीडितहरूले जाहेरी दरखास्त दिएका थिए ।

    प्रहरीका अनुसार ३४ वर्षीय कार्कीले यूके पठाइदिन्छु भन्दै एक जनासँग १ लाख रुपैयाँ ठगी गरेका थिए । त्यस्तै ३६ वर्षीय विष्टले अमेरिका पठाइदिन्छु भन्दै दुई जनासँग २ लाख रुपैयाँ र परियारले अस्ट्रेलिया पठाइदिन्छु भन्दै ३ जनासँग २८ लाख रुपैयाँ ठगी गरेका थिए ।

    तीनै जनालाई काठमाडौँ उपत्यकाको विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार