Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सहकारी ठगी प्रकरण

रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै सरकारी वकिल कार्यालय उच्च अदालतमा

रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै सरकारी वकिल कार्यालय उच्च अदालतमा

मंगलवार, माघ ८ २०८१
  • काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगीको अभियोगमा जिल्ला अदालत कास्कीबाट भएको आदेश विरुद्ध सरकारी वकिल कार्यालयले उच्च गुहारेको छ । मुद्दामा रास्वपा सभापति रवि लामिछानेसहित सातै जना धरौटीमा रिहा भएका थिए । उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दर्ता भएको हो ।

    जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी न्यायाधिवक्ता कमला काफ्लेले उच्चमा निवेदन दर्ता भएको जानकारी दिइन् । ‘जिल्ला अदालतबाट भएको आदेश चित्त नबुझेपछि उच्च अदालत गएका हौँ,’ उनले भनिन्, ‘अब यो केस उच्चमा दर्ता भएको छ ।

    images

    सातै जनाले धरौटी बुझाएर रिहा भैसकेका छन् । जिल्ला न्यायाधीश नीतिज राईको इजलासले पुस २५ गते लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

    यस्तै, पूर्व डीआईजी छविलाल बन्जाडे जोशीलाई ८८ लाख,  लीला पछाइलाई ३७ लाख, पूर्व प्रहरी रामबहादुर खनाललाई १५ लाख, पूर्व सांसद मिना गुरुङलाई ५ लाख, मिनाका बुबा कृष्णबहादुर गुरुङलाई एक लाख र आरती गुरुङलाई ५ लाख धरौटी माग गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार