Oct 29 2026 | २०८३ कार्तिक १३ गते

वैदेशिक रोजगार

लाओसमा गैरकानुनी काम गर्न बाध्य पारिएका नेपालीलाई स्वदेश फर्काइयो

लाओसमा गैरकानुनी काम गर्न बाध्य पारिएका नेपालीलाई स्वदेश फर्काइयो

शनिवार, माघ ५ २०८१
  • काठमाडौँ । आकर्षक रोजगारीको प्रलोभनमा लाओसको गोल्डन ट्रयाङ्गल लगी  गैरकानुनी काम गर्न बाध्य भएका एक नेपालीलाई स्वदेश फर्काइएको छ ।

    उनी सो स्थानबाट भागी थाइल्यान्ड छिर्न सफल भएसँगै थाई सरकारी निकायको सहयोगमा उनलाई शुक्रबार नेपाल फर्काइएको हो ।

    images

    थाइल्याण्डस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा आग्रह गरेको छ ।

    कानुन विपरीत छिटो धेरै पैसा कमाउने लोभमा कम्बोडिया लाओस, म्यानमार र थाइल्याडलगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीका लागि नआउन दूतावासले सबैलाई अनुरोध गरेको छ ।

    कम्बोडिया लाओस, म्यानमार र थाइल्याडलगायतका देशमा गैरकानुनी रुपमा पुगेका नेपालीहरू समस्यामा पर्दै आएको पटक पटक खबर सार्वजनिक हुँदै आएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार