Oct 28 2026 | २०८३ कार्तिक १२ गते

युएनडिओ

युएनडिओका अध्यक्ष लामा र परराष्ट्र सचिव राईबीच भेटवार्ता

युएनडिओका अध्यक्ष लामा र परराष्ट्र सचिव राईबीच भेटवार्ता

शुक्रवार, माघ ४ २०८१
  • काठमाडौं । युनाइटेड नेपाली डायस्पोरा संगठन (युएनडिओ) का अध्यक्ष सोनाम लामा र परराष्ट्र सचिव अमृत कुमार राईबीच भेटवार्ता भएको छ । बिहिबार भएको भेटवार्तामा लामाले संघको हालै सम्पन्न प्रथम अन्तर्राष्ट्रिय महाधिवेशन तथा बार्षिक साधारणसभा बारे जानकारी गराए ।

    अध्यक्ष लामाले महाधिवेशनमार्फत आगामी तीन वर्षको लागि निर्विरोध कार्यसमिति निर्वाचित भएको अवगत गराउँदै प्रथम अन्तर्राष्ट्रिय महाधिवेशन तथा बार्षिक साधारणसभा, निर्वाचन र निर्वाचन अनुगमन समितिको प्रतिवेदन हस्तान्तरण गरे । उनले गैरआवासी नेपाली नागरिकता झण्डै एक बर्षदेखि कार्यान्वयनमा आएको भएतापनि अधिकारविहीन अवस्थामा रहेको बताए । साथै, उनले हालको मन्त्रिपरिषदको निर्णयले १० बर्ष नेपालमा बस्दा निःशुल्क भिसा, नेपालमा कम्पनी खोल्न सक्ने र विदेशी नागरिकको रुपमा अनुमति लिन नपर्ने व्यवस्था गरेको तर मन्त्रिपरिषदको निर्णयले पनि गैरआवासीय नेपाली परिचय पत्र र नागरिकताबीच खासै फरक अधिकारहरुको व्यवस्था गर्न नसकेकोमा युएनडिओको गम्भिर ध्यानाकर्षण भएको बताए ।

    images

    उनले आफ्नो देशमा निर्वाद रुपमा आउन र बस्न पाउनु पर्ने सामान्य अधिकारको समेत १० बर्षे भिसाको प्रावधानले संकोचित बनाउने र मन्त्रिपरिषदको निर्णयले भिसा र लगानी बाहेक गैरआवासीय नेपाली नागरिक सम्बन्धि अन्य अधिकारहरु जस्तै शिक्षा, सम्पति, पेशा आदिका बिषयहरुमा मौन रहेको औल्याए । उनले नेपालको समग्र विकासमा महत्वपूर्ण योगदान गर्न सक्ने नेपाली मूलका विदेशी नागरिकहरुलाई हौसला र प्रेरणा दिन गैरआवासीय नेपाली नागरिकहरुले पनि संविधानमा उल्लेख भए अनुसार राजनीतिक बाहेक अन्य अधिकार सबै नेपाली नागरिकहरु सरह पाउन पर्नेमा युएनडिओ प्रतिवद्ध रहेको बताए ।

    यस प्रकारका किस्तामा उपलब्ध गराईने नागरिक अधिकारहरुले विदेशमा रहेका पछिल्ला पुस्तालाई मातृभूमिको बिकासमा योगदान पुर्याउन प्रेरित गर्न नसक्ने आदि बुँँदाहरु समावेश गरिएको ज्ञापनपत्र अध्यक्ष लामाले परराष्ट्र सचिवमार्फत परराष्ट्र मन्त्रीलाई हस्तान्तरण गरे ।

    परराष्ट्र सचिवले संगठनको प्रथम अन्तर्राष्ट्रिय महाधिवेशन तथा बार्षिक साधारणसभा सफलताका साथ सम्पन्न गरेकोमा बधाई दिंदै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे । संविधानले प्रावधान गरेको गैरआवासीय नेपाली नागरिकतालाई पूर्णता दिन संविधानमा उल्लेख भएअनुसार छिटै संघीय कानून निर्माण गर्न नेपाल सरकारले तयारी गरिरहेको र हाल मन्त्रिपरिषदले गरेका केहि निर्णय तत्काल केहि समस्याहरु फुकाउन गरिएको बिचार व्यक्त गरे ।

    भेटमा युनाइटेड नेपाली डयास्पोरा संगठनका उपाध्यक्ष भुमा लिम्वु र महासचिव कुशल केसीलगायतको सहभागी थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार