Oct 29 2026 | २०८३ कार्तिक १३ गते

भेटवार्ता

कांग्रेस नेता कोइराला र बेलायती नेतृ अलेक्स बेकरबीच भेटवार्ता

कांग्रेस नेता कोइराला र बेलायती नेतृ अलेक्स बेकरबीच भेटवार्ता

शुक्रवार, माघ ४ २०८१
  • काठमाडौं । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरसँग भेटघाट गरेका छन्। लण्डनस्थित नेपाली राजदुतावासमा भएको भेटघाटमा बेकरसँग कोइरालाले भुपु गोर्खा सैनिकहरुको सेवा सुविधा समस्या, ब्रिटिस एअरवेजको लण्डन – काठमाडौं सिधा हवाई उडान र जलवायु परिवर्तनका कारण नेपालले जुन समस्याका विषयमा ध्यानाकर्षण गराएका छन्।

    कोइरालाले भने, ‘जलवायु परिवर्तनका कारण नेपाल संकटमा छ, हिउँ पग्लेर हिमालहरु कुरुप बनिरहेका छन् । जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति व्यहोरिरहेको छ त्यसका लागि नेपालले क्षतिपूर्ति पाउनुपर्ने र त्यसका लागि बेलायतले सहयोग गरिदिनुपर्छ।’

    images

    भेटमा बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन्। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार