Oct 29 2026 | २०८३ कार्तिक १३ गते

काठमाडौं विमानस्थलमा ओर्लिएलगत्तै चिनियाँ नागरिक बेहोस

काठमाडौं विमानस्थलमा ओर्लिएलगत्तै चिनियाँ नागरिक बेहोस

बिहिवार, माघ ३ २०८१
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै एक चिनियाँ नागरिक सिकिस्त बिरामी परेका छन्। विमानमै असहज महशुस गरेका उनलाई ह्विल चियरबाट आगमन कक्षसम्म ल्याइएको थियो।

    उनी बंगलादेशको विमानबाट बिहीबार बिहान काठमाडौं आएका हुन्। आगमन अनुमति लिनुअगाडि नै उनी गम्भीर बिरामी परेका थिए। स्रोतका अनुसार उनी अहिले बेहोस अवस्थामा छन्। 

    images

    ३० वर्षीय ती चिनियाँ नागरिकको विमानस्थलमा रहेका आकस्मिक चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरिरहेका छन्। स्रोतका अनुसार उनको अवस्था अत्यन्तै नाजुक रहेको छ। विमानस्थल स्रोतका अनुसार उनका बारेमा नेपालस्थित चिनियाँ दूतावासमा समेत खबर गरिसकिएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार