Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न बारको माग

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न बारको माग

बिहिवार, माघ ३ २०८१
  • काठमाडौं । नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ । बिहीबार बार महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा कानुन व्यवसायीमाथिको आक्रमणले स्वतन्त्र न्यायपालिकामाथि अवरोध खडा गरेको उल्लेख छ ।

    “काठमाडौं जिल्ला अदालतको परिसरमा उपस्थित केही व्यक्तिहरूको हुलले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि विभिन्न गालीगलौज गर्दै सांघातिक हमला गरेको घटनाप्रति नेपाल बार एसोसिएसनको गम्भीर ध्यानाकर्षण भई उक्त घटनाप्रति घोर भर्त्सना गर्दछ,” विज्ञप्तिमा भनिएको छ, ।

    images

    बारले लेखेको छ, “न्यायिक निरुपणको सन्दर्भमा कानुन व्यवसायीको हैसियलते आफ्नो पक्षको प्रतिनिधित्व गर्नु कानुन व्यवसायीको संवैधानिक तथा कानुनी दायित्वको साथै व्यावसायिक कर्तव्य र जिम्मेवारी पनि हो । न्यायालय परिसरभित्रै कानुन व्यवसायीमाथि हुने यस प्रकारका घटनाले स्वतन्त्र न्यायपालिकाको उपहास गर्नुका साथै कानुन व्यवसायीको पेसागत सुरक्षामाथि नै गम्भीर चुनौती देखिएको छ ।”

    बारले आक्रमणमा संलग्नहरूको पहिचान गरेर तत्काल कानुनी कारबाहीको माग गरेको छ । “...कानुन व्यवसायीको व्यावसायिक सुरक्षाको प्रत्याभूतिका लागि नेपाल बार एसोसिएसन नेपाल सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ,” विज्ञप्तिमा भनिएको छ ।

    Nepal-Bar-1737013737.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार