Oct 29 2026 | २०८३ कार्तिक १३ गते

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण

स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको थुनछेक बहस सकियो, आजै आदेश आउने

स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको थुनछेक बहस सकियो, आजै आदेश आउने

बुधवार, माघ २ २०८१
  • काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)का निलम्बित सभापति रवि लामिछानेमाथिको थुनछेक बहस बुधबार सकिएको छ । बहस सकिएसँगै यसबारे आज नै आदेश आउने भएको हो ।

    बुधबार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका थिए । उनीहरू दुवैले लामिछाने निर्दोष रहेको र तारेखमा मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने जिकिर गरेका थिए ।

    images

    दुई जनाको बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस भएको थियो । त्यस्तै, पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले जवाफी बहस गरेका थिए ।

    बहस सकिएपछि अब लामिछानेलाई मुद्दा पुर्पक्षका लागि हिरासतमा पठाउने वा बाहिर बसेर नै मुद्दा पुर्पछको सुविधा दिनेबारे अदालतले आदेश दिनेछ ।

    लामिछानेलाई गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उनीविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार