Oct 29 2026 | २०८३ कार्तिक १३ गते

युएनडीओको पहिलो बैठकबाट ६ जना मनोनीत

युएनडीओको पहिलो बैठकबाट ६ जना मनोनीत

मंगलवार, माघ १ २०८१
  • काठमाडौँ । युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएनडीओ) को कार्यसमितिमा ५ जना मनोनीत भएका छन् ।  अध्यक्ष सोनाम लाममाको अध्यक्षतामा बसेको पहिलो बैठकले महिलातर्फ इन्दिरा रोका (अस्ट्रेलिया), सम्वृद्धि गुरुङ (यूके) र सुन्दरी लामा (स्पेन) तथा पुरुषतर्फ इर्साद अहमत (अस्ट्रेलिया), कृष्ण सञ्जेल केसी (यूएसए) र समिम अन्वार (अस्ट्रेलिया)लाई केन्द्रीय कार्यकारी सदस्यका रूपमा मनोनीत गरेको हो ।

    संस्थाको विधान अनुसार संस्थाका लागि योग्य, प्रतिबद्ध र प्रेरणादायी व्यक्तित्वहरूलाई केन्द्रीय कार्यकारी सदस्यका रूपमा मनोनीत गरेको अध्यक्ष लामाले जानकारी दिए ।

    images

    यसका साथै बैठकले आगामी योजना, संस्था बिस्तार, श्रोत परिचालन र विकास, संस्थाका आन्तरिक लगायत थुप्रै एजेन्डाहरूमा छलफल र निर्णय गरेको महासचिव कुशल केसीले जानकारी दिए ।

    नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको एनडीओले हालै पहिलो साधारणसभा गरेर लामाको नेतृत्वमा कार्यसमिति चयन गरेको थियो । युएनडीओमा गैरआवासीय नेपाली संघबाट विद्रोह गरेकाहरु रहेका छन् भने एनडीओको सदस्य हुनका लागि विदेशी पासपोर्ट भएका गैरआवासीय नेपाली हुनुपर्ने व्यवस्था छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार