Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

१० महिना भित्रमा नयाँ सम्झौता गरी राहदानी आपूर्ति गर्छौं: महानिर्देशक अर्याल

१० महिना भित्रमा नयाँ सम्झौता गरी राहदानी आपूर्ति गर्छौं: महानिर्देशक अर्याल

सोमवार, पौष २९ २०८१
  • राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले राहदानी छपाइको सेड्युल टाइट भएको बताएका छन्।

    सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा उनले गत मंसिर १३ गते राहदानी खरिदका लागि बोलपत्र प्रकाशित गरिसकेको र खरिद प्रक्रियाका लागि छलफल भइरहेको बताएका हुन्।

    images

    '८ देखि १० महिना भित्रमा नयाँ सम्झौता गरी राहदानी आपूर्ति गर्ने अवस्थामा हुन्छौं। अहिलेको राहदानी पनि लगभग त्यतिकै अवधिलाई पुग्ने देखिन्छ। तर सेड्युल एकदमै टाइट छ,' उनले भने।

    परराष्ट्रमन्त्री आरजु देउवा राणाले राहदानीको गुणस्तर कस्तो होला भन्ने प्रश्न उठेको बताइन्।

    'कस्तो क्वालिटी आउला भन्ने प्रश्न छ। सबभन्दा सस्तो बोलपत्रमा जानुपर्ने भएकाले पासपोर्टको गुणस्तर नभए समयमा पासपोर्ट आपूर्तिमा समस्या हुन सक्छ,' उनले भनिन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार