Oct 29 2026 | २०८३ कार्तिक १३ गते

इजरायल–हमास युद्ध

विपिन भाइ सकुशल हुनुहुन्छ, उहाँ फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छु : परराष्ट्रमन्त्री राणा

विपिन भाइ सकुशल हुनुहुन्छ, उहाँ फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छु : परराष्ट्रमन्त्री राणा

सोमवार, पौष २९ २०८१
  • काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणाले हमासको अपहरणमा परेका विपिन जोशी सकुशल रहेको बताएकी छन् । सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री राणाले सो कुरा बताएकी हुन् ।

    बैठकमा उनले भनिन्– ‘विपिन भाइ सकुशल हुनुहुन्छ । उहाँ फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छु ।’ उनले यो विषयमा कतारको राजदूतसँग फोनमा कुरा भएको बताउँदै राजदूतले त्यहाँका परराष्ट्रमन्त्रीसँग कुरा गराउने आश्वासन दिएको बताइन् ।

    images

    उनले भनिन्– ‘कतारको राजदूतसँग फोनमा कुरा गरे । त्यहाँको परराष्ट्रमन्त्रीलाई कुरा राख्छु भन्नुभएको छ । भोलि कतारको परराष्ट्र मन्त्रीसँग फोनमा कुरा गराउँछु भन्नुभएको छ । मलाई कुरा हुने आशा छ ।’

    मन्त्री राणाले यसअघि ३४ जना रिहा हुन लागेको रिपोर्ट आएको तर पछि होइन भन्ने रिपोर्ट आएको बताइन् । उनले जुलाईमा इजरायलले नै महिला बालबालिकाको सूची हमासलाई पठाइसकेको रिपोर्ट आएको समेत बताइन् ।    

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार