Oct 29 2026 | २०८३ कार्तिक १३ गते

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण

रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइयो

रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइयो

सोमवार, पौष २९ २०८१
  • काठमाडौँ । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको छ ।

    अदालतमा आज लामिछानेको थुनछेक बहस हुनेछ ।

    images

    यसअघि आइतबार स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दायर भएपछि जिल्ला अदालतमा उपस्थित भएका लामिछानेको थुनछेक बहस हुन नसकेपछि प्रहरीको जिम्मा लगाउने आदेश भएको थियो ।

    जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो ।

    आइतबार बिहानै अदालत उपस्थित भएका रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो । लामिछानेको बयान सकेर अदालतमा बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ पुगेका थिए ।

    तर सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले बहस गर्न नसक्ने भनी इजलासमा कुरा उठाएपछि न्यायिक हिरासतमा पठाउने आदेश भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार