काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा वैतेश्वर गाउँपालिका- ३ घर भएका काठमाडौँ कागेश्वरी मनोहरामा बस्ने २४ वर्षीय रामकृष्ण दाहाल रहेका छन् ।
दाहालले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३१ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका- ८ बाट पक्राउ गरेको हो ।



