Oct 29 2026 | २०८३ कार्तिक १३ गते

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण

रवि लामिछानेको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा

रवि लामिछानेको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा

आइतवार, पौष २८ २०८१
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा हुने भएको छ । काठमाडौँ जिल्ला अदालतका ६ नम्बर बरीयताका न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयान र थुनछेक हुने अदालतका एक जना अधिकृतले बताए ।

    स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि उनी आइतबार आफैँ अदालतमा हाजिर भएका हुन् ।

    images

    गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार