Oct 29 2026 | २०८३ कार्तिक १३ गते

महिला विश्वकप यू-१९ क्रिकेट

यू-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ

यू-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ

शुक्रवार, पौष २६ २०८१
  • काठमाडौं । आउँदो माघ ५ गतेदेखि मलेसियामा हुने यू-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीकोबिदाइ गरिएको छ । उनीहरूलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा नेपाल क्रिकेट संघ क्यानले बिदाई गरेको हो । खेलाडीहरू भोलि त्यसतर्फ प्रस्थान गर्नेछन् ।

    समूह ‘डी’ मा रहेको नेपालले जनवरी १८ मा पहिलो खेल बंगलादेशसँग खेल्नेछ । दोस्रो खेल जनवरी २० मा स्कटल्याण्ड र तेस्रो खेल जनवरी २२ मा अष्ट्रेलियासँग खेल्नेछ । विश्वकपका खेलअघि नेपालले दुई वार्मअप खेल पनि खेल्नेछ ।

    images

    नेपाली टोली

    पूजा महतो (कप्तान),सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सनीका मरासिनी, कुसुम गोदार, अलिशा कुमारी यादव,सावित्रा धामी, तृषना विक, किरन कुमारी कुवँर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा,अनु कडायत र कृष्मा गुरुङ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार