Oct 29 2026 | २०८३ कार्तिक १३ गते

ठगी

यूके पठाइदिन्छु भन्दै ३१ लाख रुपैयाँभन्दा बढी ठगी गर्नै दाहाल पक्राउ

यूके पठाइदिन्छु भन्दै ३१ लाख रुपैयाँभन्दा बढी ठगी गर्नै दाहाल पक्राउ

शुक्रवार, पौष २६ २०८१
  • काठमाडौँ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारेर रोजगारीका लागि यूके पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाल रहेका छन् ।

    उनले एक जनासँग ३१ लाख ५० हजार रुपैयाँ पैसा लिएर सम्पर्कविहीन भएका थिए । पीडितले दिएको जाहेरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दाहाललाई बुधबार पक्राउ गर्न सफल भएको थियो ।

    images

    उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार