काठमाडौं । वैदेशिक रोजगार विभागको सर्भरमा समस्या आएपछि पूर्व तथा अन्तिम श्रम स्वीकृतिका काम प्रभावित भएको छ ।
त्यसबाट सोमबार वैदेशिक रोजगारमा जानुपर्ने कामदर प्रभावित भएका छन् । साँझसम्म सर्भरको समस्या नहटे ८० जनाको टिकट खेर जाने अवस्था रहेको स्रोतले जानकारी दियो । सेवाग्राहीको उच्च चाप भएपछि सर्भरमा समस्या आएको भन्दै विभागले सर्भर सुचारू गर्न इन्जिनियरहरू प्रयासरत रहेको जनाएको छ ।




