Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सूर्यदर्शन सहकारी ठगी प्रकरण

सूर्यदर्शन सहकारी प्रकरणमा जाहेरवालातर्फको जवाफी बहस सकियो, आज आदेश आउने सम्भावना

सूर्यदर्शन सहकारी प्रकरणमा जाहेरवालातर्फको जवाफी बहस सकियो, आज आदेश आउने सम्भावना

बिहिवार, पौष २५ २०८१
  • काठमाडौं । सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेकाहरुमाथिको बहस सकिएको छ ।

    कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी वयान सकिएको हो । हिजो आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङका वकिलले बहस  गरेका थिए । जाहेरवाला तर्फका वकिल रमन कर्ण, राम घिमिरे र वेदबहादुर विष्टेले पनि बहस गरे ।

    images

    यसअघि रास्वपा सभापति रवि लामिछानेसहित पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङ पक्षका वकिलले बहस गरेका थिए ।

    अब आज सरकारी वकिलले जवाफी बहस गर्नेछन् । आज नै आदेश आउने सम्भावना रहेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार