Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सहकारी ठगी प्रकरण

स्वर्णलक्ष्मी सहकारी ठगीमा पक्राउ परेका दुवैजना धरौटीमा रिहा

स्वर्णलक्ष्मी सहकारी ठगीमा पक्राउ परेका दुवैजना धरौटीमा रिहा

बुधवार, पौष २४ २०८१
  • काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा पक्राउ परेका दुवै जना धरौटीमा रिहा भएका छन् । अभियोगपत्रसाथ पेस गरिएका सहकारीको सञ्चालक समिति सदस्य कमल लामा र लेखा सुपरीवेक्षण सदस्य सुनिता नेवा धरौटीमा रिहा भएका हुन्।

    जिल्ला अदालत काठमाडौँका न्यायाधीश पदमराज पाण्डेको इजलासले अदालतमा अभियोगसाथ पेस गरिएका दुवै जनासँग धरौटी माग गरेको थियो। सुनिता ४ लाख र कमल ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएको अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए।

    images

    उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँले कात्तिक २० गते पक्राउ गरेको थियो। यही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३७ जना प्रतिवादीको हकमा भने थुनछेक आदेश हुन बाँकी छ।

     
     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार