Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

नेपाल–चीन सीमा केन्द्रबिन्दु भएर ७ म्याग्निच्यूडको भूकम्प

नेपाल–चीन सीमा केन्द्रबिन्दु भएर ७ म्याग्निच्यूडको भूकम्प

मंगलवार, पौष २३ २०८१
  • काठमाडौं । तिब्बत र नेपालको सीमामा ७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। भूकम्पको केन्द्र डिंगे कान्टी नेपालको पूर्वी पहाड नजिकै पर्छ।

    त्यसैले भूकम्पको प्रभाव पनि पूर्वी नेपालमा बढी परेको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए।

    images

    ‘यो भूकम्पको गहिराइ करिब १० किलोमिटर देखिएको छ। यद्यपि यसबारे विस्तृतमा हामी पनि बुझ्दैछौं। यसको असर काठमाडौं र यसभन्दा पश्चिम पनि परेको छ,’ उनले भने।

    बिहान ६:५० मा काठमाडौंलगायत मधेस र पूर्वी पहाडमा भूकम्पको धक्का महसुस गरेपछि मानिसहरू घर बाहिरसमेत निस्किएका थिए। कम्पन केही बेर महसुस गरिएको थियो।

    पूर्वी पहाडमा क्षति भएको आशंकामा प्रशासनले विवरण माग गरेको बताएका छन्।

    भूकम्पपछि देशभरिका प्रहरीलाई अलर्ट गरेर आफ्नो क्षेत्र हेर्न लगाइएको र अहिलेसम्म क्षतिको विवरण नआएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार